|

काठमाडौं : ग्याल्पो ल्होसारको अवसर पारेर मंगलबार साँझ दशरथ रंगशालामा कन्सर्ट भएको छ।​ मंगलबार दशरथ रंगशालामा ‘नेभरल्याण्ड कन्सर्ट’ भएको हो। कन्सर्टमा भारतीय चर्चित गायिका आस्था गिलसहितका अन्य कलाकारको प्रस्तुति रहेको थियो।

आयोजित कन्सर्टमा उनले आफ्नो चर्चित गीत संगीतबाट दर्शक रिझाएकी हुन्। कार्यक्रममा गायिका गिलले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत प्रश्तुत गरेकी थिइन्। दर्शकले भरिभराउ कन्सर्टम गिलको अलवा सृष्टि तवाडे र नेपाली डान्स ग्रुप एभेरष्ट लगायतले प्रस्तुति दिएका थिए। अबेर रातीसम्म चलेको कन्सर्टमा भारतीय चर्चित र्‍यापर किङ, डिभाइन लगायत थुप्रैले समेत प्रस्तुति राखेका थिए।

कन्सर्टमा दर्शकहरुले रमाइलो गरी उफ्रि उफ्रि नाचेर कन्सर्टको मनोरञ्जन लिएका थिए। दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो। आयोजकले कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.