|

काठमाडौं : आईसीसी महिला टी–ट्वान्टी विश्वकपको सेमिफाइनल आज  अस्ट्रेलिया र भारत आज भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ पौने ७ बजे  केपटाउनमा हुनेछ।

जारी प्रतियोगितामा साविक विजेता अस्ट्रेलिया उच्च फर्ममा छ। समूह चरणका चारवटै खेलमा जित हात पार्दै अस्ट्रेलिया समूह एको विजेताका रुपमा अन्तिमा चार प्रवेश गरेको हो।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय वरीयतामा शीर्ष स्थानमा रहेको अस्ट्रेलियाले पहिलो खेलमा न्यूजिल्यान्डलाई ९७ रनको विशाल अन्तरले हराउँदा बंगलादेश र श्रीलंकाले दिएको लक्ष्य सहजै भेटाएको थियो।

घरेलु टोली दक्षिण अफ्रिकालाई पनि उसले हराएको छ। भारतले पनि इंग्ल्यान्डविरुद्ध समूहको तेस्रो खेलमा पराजय व्यहोर्दा बाँकी ३ खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो।

दुईबीच यो फम्यार्टमा भएको पछिल्ला पाँच भेटमा अस्ट्रेलियाले चार खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको छ। सबै प्रतिस्पर्धामा गरी ११ पटक भएको भेटमा भारतले अस्ट्रेलियालाई हराउन सकेको छैन।

सन् २०२० मा मेलबर्नमा भएको फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराउँदै कीर्तिमानी पाचौँ पटक प्रतियोगिताको उपाधि उचालेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.