|

काठमाडौं : पत्रकार नृपेन्द्रलाल श्रेष्ठ र रमिता लामा फोनिज युके पत्रकारिता २०२२ बाट पुरस्कृत भएका छन्। शुक्रबार तमू बौद्ध सेवा समिति अनामनगरमा कार्यक्रम आयोजना गरि उनीहरूलाई पुरस्कार वितरण गरिएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीकाे हातबाट पुरस्कार वितरण गरिएको थियो। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)का महासचिव मिलन लिम्बूले आदिवासी जनजातिहरूको मुद्दाका विषयमा निरन्तर कलम चलाउँदै आएकालाई वर्षेनी फोनिज युके पत्रकारिता पुरस्कार वितरण गर्दै आएको बताए।

फोनिज युके शाखाले पाँच लाखको पुरस्कार कोष स्थापना गरेको छ। पुरस्कार राशि जनही २५ हजार रुपैयाँ छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.