|

भारतीय अभिनेता अक्षय कुमारले ३ मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वर्ल्ड रेकर्ड बनाएका छन्।

अक्षयले बुधबार मुम्बईमा आफ्नो आगामी फिल्म ‘सेल्फी’को प्रमोशन कार्यक्रममा ३ मिनेटमा सबैभन्दा धेरै सेल्फी लिएर गिनिज वल्र्ड रेकर्ड बनाएका हुन्। यस क्रममा उनले स्टेजमा १८४ सेल्फी खिचेका थिए। उनले यसबारे जानकारी दिँदै सामाजिक सञ्जालमा केही तस्वीर र भिडियो सार्वजनिक गरेका छन्।

सोही तस्वीर सार्वजनिक गर्दै अक्षयले क्याप्सनमा लेखेका छन्, ‘मैले आजसम्म जे पनि हासिल गरेको छु र जीवनमा जहाँ छु, त्यो मेरा फ्यानहरूको निस्वार्थ मायाको कारण हो। यो मेरो लागि खास छ र यो कुरा स्वीकार गर्दै उहाँहरूले मलाई साथ दिइरहनु भएको छ। मेरा फ्यानहरूको सहयोगमा हामीले ३ मिनेटमा धेरै सेल्फी खिचेर गिनिज वर्ल्ड रेकर्ड राखेका छौं। यो धेरै विशेष थियो र म यो सधैं सम्झनेछु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.