|

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

सुनसरीको इटहरी उपमहानगरपालिका-१७ स्थित सडकमा स ५ प ७८८ नम्बरको मोटरसाइकल र प्र-१-०१-००१ ख ४१७१ नम्बरको ट्रक आपसमा ठक्कर खाई मंगलबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक उदयपुर बेलका नगरपालिका-९ बस्ने ३१ वर्षीय विनोद तिमल्सिनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रकचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाको कन्काई नगरपालिका-८ लक्ष्मीपुर चोकमा ना ४ च ४५२५ नम्बरको कारको ठक्करबाट गएराति दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेहरुमा पैदलयात्री सोही ठाउँ बस्ने ३२ वर्षीय सन्तोष गुरुङ र सोही ठाउँ बस्ने ३७ वर्षीय खगेन्द्र बयलकोटी रहेका छन्। हाल फरार कारचालकको खोजी प्रहरीले गरिरहेको छ।

धादिङको धुनिबेंशी नगरपालिका-९ रुपाकोटस्थित सडकमा प्र ३-००१ क ६४५६ नम्बरको टिप्पर मंगलबार राति दुर्घटना हुँदा टिप्परचालक सोही नगरपालिका-५ बद्रीटार बस्ने २९ वर्षीय सानोकान्छा तामाङको मृत्यु भएको छ।

निर्माणाधीन सडक भासिएर सडकबाट करिब २ मिटर तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बिएण्डबी अस्पताल ललितपुरमा उपचारको क्रममा मृत्यु भएको हो। सहचालकसमेत २ जना घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।

दाङको तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँस्थित सडकमा रा १ ह ४०९९ नम्बरको अटो अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा अटोमा सवार सोही ठाउँ बस्ने ३६ वर्षीय केदार भण्डारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुर हुँदै मेडिकल कलेज कोहलपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो। अटोमा सवार घाईते एकजनाको राप्ती पोलिक्लिनिक तुलसीपुरमा उपचार भइरहेको छ। अटोचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।     

दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.