|

काठमाडौं : जनकवि केशरी धर्मराज थापाको शब्द,सगीत र स्वरमा रहेको चर्चित गीत ‘हरियो भन्नु‘लाई पुनः रेकर्ड गरी सार्वजनिक गरिएको छ। 

चर्चित सांगीतिक ब्यान्ड मंगोलियन हार्टका गायक राजु लामाको स्वरमा ल्याइएको गीतमा पहिला भन्दा थोरै परिमार्जन गरी फिमेल भोकल पनि थपिएको छ। गीतमा फिमेल भोकलको लागि गीतकार मन्दिरा ढुंगेलले शब्दरचना गरेकी छन् भने तारा श्रीस मगरको स्वर रहेको छ।

जनकवि केशरी धर्मराज थापाप्रति श्रद्धा सुमन अर्पण गर्दै उनको सम्झनामा यो गीतलाई फेरि रेकर्ड गरिएको हो। उनहाको परिवारको सहमतिमा म्युजिक  नेपालले यो गीतलाइ पुनः रेकर्ड गरी बजारमा ल्याइएको म्यूजिक नेपालले जनाएको छ।

गीतको भिडियोमा गायक राजु लामा र नायिका मिरुना मगरको अभिनय रहेको छ। सोनाम पाख्रिनको परिकल्पना र निर्देशनमा बनेको भिडियोमा राजेश घिमिरेको सिनेमाटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ।

जनकवि केशरी धर्मराज थापाका परिवारको तर्फबाट उनका छोरा मदनराज थापाले आज भन्दा ७० बर्ष अगाडी रेकर्ड गरिएको यो लोकप्रिय गीत अहिलेको युवापुस्तालाई पुनः परिचित गराउन र अग्रज स्रष्टा र उनीको सृजनाबारे के कस्तो धारणा र प्रतिकृया छ भन्ने जान्नको लागि पनि ल्याइएको बताए।

हरियो भन्नु गीत बि.स. २०१० सालमा कलकत्तामा रेकर्ड गरिएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.