|

सुर्खेत : डोल्पामा रहेका ५० भन्दा बढी यार्सागुम्बा पाटनमा अझै भारी मात्रामा फोहोर रहेको सरोकारवाला संस्थाले जनाएको छ। विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) का अनुसार १० वटा पाटनको सामान्य मात्राको फोहोर संकलन भएको हो।

अझै भारी मात्रामा फोहोर संकलन बाँकी रहेको डब्लूडब्लूएफ नेपालका रिसर्च एण्ड फिल्ड प्रोग्राम अफिसर चन्द्रजंग हमालले जानकारी दिए।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जको समन्वयमा डब्लूडब्लूएफ नेपालको सहयोगमा आमा समूह र नेपाली सेनाले फोहोर निकालेका थिए। 

यार्सागुम्बा संकलनकर्ताले पाटनमा लिएका विभिन्न वस्तु प्रयोग गरिसकेपछि जथाभावी फ्याँक्दा पाटन क्षेत्रमा त्यसको प्रभाव पर्न थालेको छ। समयमै सबै फोहोर संकलन नगरे दीर्घकालीन असर पर्ने यस क्षेत्रका विज्ञ बताउँछन्। फोहोरमैला व्यवस्थापन सम्वन्धी शे–फोक्सुण्डो पर्यटन समन्वय समितिले फोहोर मैला व्यवस्थापनसम्बन्धी रणनीति बनाएर केही काम थालेको छ।

निकुञ्जसँगको सहकार्यमा डब्लूडब्लूएफ  नेपालको  प्राविधिक सहयोगमा फोहोरमैला व्यवस्थापन सम्बन्धी रणनीति बनाउन लागिएको हमालले बताए। यसै आर्थिक वर्षदेखि प्रक्रिया पूरा गर्ने लक्ष्य लिइएको छ। यार्सागुम्बा संरक्षण गर्न मुख्य पहल रहेको छ। हमालका अनुसार ५ प्रतिशत मात्र फोहोर संकलनको काम भएको छ। 

बाँकी रहेका पाटनमा फोहोर संकलन गर्नका लागि आर्थिक धेरै खर्च हुने सम्भावना रहेको छ। जलवायु परिवर्तनको मारमा यार्सागुम्बा समेत परेको उनको भनाइ छ।

फोहोर बढ्दै जाँदा कालान्तरमा गएर यसले भारी क्षति बनाउनेतर्फ सबै सचेत हुनुपर्नेमा सबैको जोड छ। निकुञ्ज क्षेत्रमा पहिलेको जस्तो घाँस समेत नभएको पाइएको छ। माननीय क्रियाकलाप धेरै बढेको ठाउँमा धेरै समस्या छ। मानिसले खाएर  फ्याँकेको खानेकुरा खाँदा वन्यजन्तुको स्वास्थ्यमा समेत गम्भीर असर पर्ने गरेको छ।  

मानवीय क्रियाकलाप बढदै जाँदा निकुञ्ज मात्र होइन , उपल्लो डोल्पाका अधिकांश पाटनमा समस्य उत्पन्न हुन थालेको छ। निकुञ्जको सुरक्षार्थ खटिएको कार्यालय सुरुमा फोक्सुण्डो गाउँपालिका–८ र ९ मा रिग्मो ,पुग्मामा रहेको थियो।
द्वन्द्वको समयमा सुरक्षाको कारण देखाउँदै सुलिगाडमा उक्त कार्यालय सारिएपछि अहिले लामो समयदेखि सुलिगाडमै कार्यालय छ। निकुञ्जका वार्डेन लालबहादुर भण्डारीले अन्य फोहोर संकलन गर्ने कार्यक्रम नभएको बताए। दुई महिना पछि यार्सागुम्बा संकलन सुरु हुने भए पनि सो समयमा सुरक्षाका लागि खटिने टिमलाई परिचालन गर्न रकम समेत अभाव भएको उनले बताए।

यहाँका सर्वसाधारणले यार्सागुम्बालाई नै आर्यआर्जनको मुख्य आधार बनाउदा समस्य आएको विज्ञको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.