|

धनगढी : धनगढीमा अटो (टेम्पो) दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–३, मिलनचोकमा अटो (टेम्पो) दुर्घटना हुँदा उनको मृत्यु भएको हो।​

अत्तरिया-धनगढी सडकखण्डमा चौमालाबाट भीमबस्तीतर्फ जाँदै गरेको से१ह २६३९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा कैलालीको गौरीगंगा नगरपालिका-४ का ८५ वर्षीय तिलानन्द जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका जोशीको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त अटो र चालकलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ।​

यसैगरी कञ्चनपुरस्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत कृष्णपुर नगरपालिका–५ गुलरिया बजारमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ।

सु.प.प्र.०१००१ च २६२३ नम्बरको बोलेरो जिपले सु.प.प्र.०२००३ प ९८८६ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार शुक्लाफाँटा नगरपालिका–७ बस्ने २५ वर्षीय मनीष चौधरीको मृत्यु भएको हो।​

ठक्करबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीले बताए।​

ठक्करबाट घाइते मोटरसाइकलमा सवार चालकसमेत दुई जनाको अत्तरियास्थित पद्मा अस्पतालमा उपचार भइरहेको छ। जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.