|

काठमाडौं : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सले ९५ औं संस्करणको ओस्कर (एकेडेमी अवार्ड)मा उत्कृष्ट फिल्म घोषणा भएको छ।

यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पार्‍यो।

उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्सबाट के ह्ये क्वान र जेमी ली कर्टिसले जिते। फिल्मले ओरिजिनल स्रिकनप्लेको ओस्कर पनि पाएको छ।

एडवर्ड बर्गर निर्देशित 'अल क्वाइट अन द वेस्टर्न फ्रन्ट' ले उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ। यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको छ। प्रोडक्सन डिजाइनको अवार्ड पनि यही फिल्मले पाएको छ।एस एस राजामौली निर्देशित तेलुगु फिल्म ‘आरआरआर’को गीत 'नाटु नाटु' ले  ओरिजिनल सङको उपाधि पाएको छ।

यस्तै, एनिमेटेड फिचर फिल्मका लागि 'ग्विलेर्मो डेल ट्रोज पिनोसियो' ले ओस्कर अवार्ड पाएको छ। डकुमेन्ट्री फिचरको अवार्ड 'नाभल्नी' र डकुमेन्ट्री सर्टको अवार्ड 'द एलिफेन्ट विस्परर्स'ले पाएको छ।  हेयर एन्ड मेकअप स्टाइलिङको अवार्ड 'द ह्वेल' ले पाएको छ । सर्ट फिल्म (एनिमेटेड)को अवार्ड 'द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स' र सर्ट फिल्म (लाइभ एक्सन)को अवार्ड एन आइरिस गुडबाई'ले पाएको छ।

कसले कुन अवार्ड जिते

अन्तर्राष्ट्रिय फिचर फिल्म : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

उत्कृष्ट फिल्म : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

उत्कृष्ट निर्देशक : डेनिएल क्वान र डेनिएल हेनर्ट (एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स)

उत्कृष्ट अभिनेता : ब्रेन्डन फ्रेसर(द ह्वेल)

उत्कृष्ट अभिनेत्री : मिसेल योह

उत्कृष्ट सहअभिनेता : के ह्ये क्वान

उत्कृष्ट सहअभिनेत्री : जेमी ली कर्टिस

एनिमेटेड फिचर फिल्म : ग्विलेर्मो डेल ट्रोज पिनोसियो

उत्कृष्ट सिनेम्याटोग्राफी : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

कस्ट्युम डिजाइन : ब्ल्याक प्यान्थर : वाकन्डा फरेभर

डकुमेन्ट्री फिचर : नाभल्नी

डकुमेन्ट्री सर्ट : द एलिफेन्ट विस्परर्स

हेयर एन्ड मेकअप स्टाइलिङ : द ह्वेल

सर्ट फिल्म (एनिमेटेड) : द ब्वोई, द मोल, द फक्स एन्ड द हर्स

सर्ट फिल्म (लाइभ एक्सन) : एन आइरिस गुडबाइ

ओरिजिनल सङ : नाटु नाटु (आर.आर.आर)

साउन्ड : टप गन मेभरिक

प्रोडक्सन डिजाइन : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

भिजुअल इफेक्ट्स : अवतार : द वे अफ वाटर

फिल्म सम्पादन : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

ओरिजिनल स्क्रिनप्ले : एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स

एडप्टेड स्क्रिनप्ले : वुमन टकिङ

ओरिजिनल स्कोर : अल क्वाइट अन द वेस्टर्न फ्रन्ट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.