|

काठमाडौं : चारवटा प्रदेशमा शुक्रबार वर्षाको सम्भावना छ। दिउँसो कोशी र गण्डकी प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

त्यस्तै राति कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रही मौसम सामान्यतया सफा रहनेछ। आज बिहान देशका पहाडी भू–भागमा मौसम आंशिक बदली रहेको महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.