|

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले हिमालय एयरलाइन्सका तीन ‘क्याबिन क्रु’लाई निलम्बन गरेको छ।

हवाई उडान मापदण्ड उल्लंघन गरेको भन्दै प्राधिकरणले बिहीबार चालक दलका तीन सदस्यलाई निलम्बन गरेको हो।

उनीहरूले उडानका क्रममा फोटो तथा भिडियो खिचेका कारण निलम्बन गरिएको प्राधिकरणले जनाएको छ। उड्डयन मापदण्ड अनुसार उडिरहेको जहाजमा क्याबिन क्रुहरुले फोटो तथा भिडियो खिच्न पाइँदैन। 

Three cabin crew members of Himalaya Airlines have been off rostered for violating CAAN standards on In-flight photography and videography. pic.twitter.com/wW7qJmoby3

— Civil Aviation Authority of Nepal (@hello_CAANepal) March 30, 2023

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.