|

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चल्ने भएको छ। म्यानहटन ग्राण्ड ज्यूरीले ट्रम्पविरुद्ध आपराधिक अभियोगमा मुद्दा चलाउने निर्णय गरेको हो। 

सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावअघि एक पोर्न स्टारलाई आफूविरुद्ध नबोल्न एक लाख ३० हजार अमेरिकी डलर दिएको अनुसन्धानमा आरोप पुष्टि भएपछि ट्रम्पविरुद्ध आपराधिक अभियोगको मुद्दा चल्ने भएको हो। 

उनीविरुद्ध अन्य मुद्दामा पनि अनुसन्धान भइरहेको जनाइएको छ । ७६ वर्षीय ट्रम्पले आफूविरुद्धको आरोप अस्वीकार गर्दै आएका छन्। तर यो मुद्दा चले आगामी वर्ष अमेरिकी राष्ट्रपति पदमा पुनः उम्मेदवार बन्न लागेका ट्रम्पको योजनामा धक्का लाग्न सक्ने अनुमान गरिएको छ। 

उनीविरुद्धको मुद्दामा आत्मसमर्पण नगरे प्रहरीले पक्राउ गर्न सक्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.