|

बझाङ : जिल्लाको तलकोट गाउँपालिकाले गाउँप्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ। गाउँपालिकाका योजना कार्यान्वयनका बेला देखिने सुरक्षा समस्या, शान्तिसुरक्षा र अमनचयन सार्वजनिक सम्पत्तिको रेखदेख तथा संरक्षणका लागि गाउँप्रहरी भर्ना गर्न लागिएको हो। 

गाउँ प्रहरी गठन सम्बन्धी ऐन तयार गरेर तलकोट गाउँपालिकाले कार्यान्वयनमा ल्याएको हो। बझाङका १२ स्थानीय तहमध्ये प्रहरी भर्ना गर्ने जयपृथ्वी नगरपालिका पहिलो र तलकोट गाउँपालिका दोस्रो हो।

‘कार्यालयमा भीड लाग्दा व्यवस्थापन गर्नेसमेत कोही छैन, कहिलेकाहीँ अनावश्यक मान्छेले दुःख दिन्छन्। ‘ठूला समस्या आउँदा नेपाल प्रहरी छ।, स–साना समस्या त हाम्रो प्रहरी पनि सक्रिय रहन सक्छ’,  गाउँपालिका अध्यक्ष कलकबहादुर रोकायाले भने, त्यसैले। सात गाउँ प्रहरी जवानको भर्ना प्रकिया सुरु गरेका हौँ।’ अहिले भर्ना भएका प्रहरीले कार्यालय र सार्वजनिक सम्पत्तिको संरक्षणको काममा लाग्नेछन्।

नेपाल प्रहरीले गाउँपालिका भित्रको शान्ति सुरक्षामा सहयोग गर्ने भए पनि गाउँका कतिपय काममा नेपाल प्रहरीलाई सहयोग माग्न नसकेको अध्यक्ष रोकायाले बताए। गाउँपालिकाले गाउँ प्रहरी भर्नाको लागि १५ दिने सूचना प्रकाशन गरेको छ। 

गाउँपालिका भित्र कुनै अभियोग नलागेका कानूनले अयोग्य ठहर नगरेका विपन्न बेरोजगार युवालाई प्राथमिकता दिने सूचनामा उल्लेख गरिएको छ। गाउँप्रहरीको काम, कर्तव्य पनि करिब नेपाल प्रहरीसँग मिल्दोजुल्दो छ। गाउँप्रहरीको पारिश्रमिक गाउँपालिकाले तोकेबमोजिम हुनेछ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.