|

पर्वत : गण्डकी प्रदेश सरकारले आगामी वर्ष २०८० सालका लागि सार्वजनिक बिदा कटौती गरेको छ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी प्रदेश राजपत्रमा २०७९ सालमा दिइएका बिदामा कटौती गर्दै अतिरिक्त बिदा तीन दिनमा झारिएको छ।

२०८० सालको असार २९ गते शुक्रवारका दिन भानु जयन्तीका दिन, कात्तिक ११ गते शनिवार कोजाग्रत पूर्णिमाका दिन र फागुन ४ गते गण्डकी प्रदेश स्थापना दिवसका दिन गरी तीन दिनका लागि बिदा दिइएको छ।

२०७९ सालमा प्रदेश सरकारले संघीय सरकारले दिएबाहेकका चार दिन अतिरिक्त सार्वजनिक बिदा राखेको थियो। भानु जयन्ती, कोजाग्रत पूर्णिमा, प्रदेश स्थापना दिवस र चैते दशैँमा बिदा दिइएको थियो। चैते दशैँमा दिइएको बिदा २०८० सालमा कटौती गरिएको छ। 

२०७८ सालमा भने भने सार्वजनिक बिदाको सङ्ख्या पाँच थियो, जसमा चैते दशैँ, इद, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार रहेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.