|

सल्यान : यतिबेला पहेंलपुर भएर पाकेको गहुँ भित्र्याउने मौसम हो। बारीमा पाकेको गहुँ र पाकेको गहुँमा पानी परि रहँदा किसानले दिनरात नभनी गहुँ काट्न व्यस्त छन्।

गाउँघरमा पहिलेको जस्तो अर्मपर्म गर्ने चलन हराउँदै गएको कुमाख गाउँपालिका ३ की किसान हिरा शाहीले बताए। अर्मपर्म चल्दै चल्दैन भन्ने त होइन तर पहिलाजस्तो अर्मपर्मबाटै खेतीपातीका काम टार्ने अवस्था छैन। गाउँमा श्रमिकको अभाव हुँदा आलोपालो मिलाएर अर्मपर्म नगरी निर्वाह नचल्ने उहाँको भनाई छ।

कृषि गर्ने जनशक्तिको अभाव हुँदा अर्मपर्म नै विकल्प भएको अर्का किसान मेनका जैशीको भनाइ छ। धेरैजसो युवाहरू विदेश, थोरै भएका पढ्नेमा नै हुने भएकाले  अर्मपर्मको चलन चलाउँदै आइरहेको जैशीको भनाइ छ। उनले भने, ‘गाउँघरमा कृषि गर्ने मान्छे छैनन् अर्को तिर पहिलेको जस्तो अर्मपर्मको चलन पनि हराउँदै गएको छ। घरमा ठूलो जान हुनेले सानातिनो खेती गर्ने नत्र खेतिपाती गर्न निकै समस्या हुने गरेको छ।’

वैदेशिक रोजगारीका लागि विदेश जानेसहित पढाई र अन्य रोजगारीका लागि गाउँ छोड्न क्रम बढी हुँदा खेतीपाती गर्न निकै सकस हुने गरेको मुना शर्माले बताइन्।  अर्मपर्मका माध्यमबाट सामूहिक कार्य गर्दा सहज भए पनि एकल परिवार हुनेलाई भने निकै समस्या हुने गरृको शमाले उल्लेख गरिन्। उनले भनिन्, ‘अर्मपर्मबाट काम गर्दा सजिलो हुनुका साथै सुखदुखका कुरा साटासाट गर्न सजिलो त भएको छ तर सानो परिवार भएको घरले अर्काको पर्म तिर्न जानेको घर व्यवहार चलाउने गाह्रो हुँदो रहेछ।’

श्रमिकको अभाव हुँदा गाउँगाउँमा कृषि उपकरणहरू पनि भित्रि रहेका छन्। झन्झटबाट मुक्ति पाउन मेसिन आए पनि सडक वरपरकालाई मात्र सहज हुने गरेको किसानको भनाइ छ।

कृषि विकास कार्यालय सल्यानका अनुसार जिल्लामा १४ हजार २ सय १७ हेक्टर क्षेत्रफलमा २७ हजार ३ सय ७० मेट्रिक्टन गहुँ उत्पादन हुँदै आइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.