|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका अर्थविद् डा. स्वर्णिम वाग्लेले आफू कांग्रेसमा नफर्किने बताएका छन्। 

शनिबार रास्वपा पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै वाग्लेले आफूहरू का‌ग्रेसमा नफर्किने बताएका छन्। वाग्लेलाई रास्वपाले तनहुँ १ मा उपनिर्वाचनका लागि टिकट दिएको छ। 

चुनाव हार्नुभयो भने कांग्रेसमा फर्किनुहुन्छ? भन्ने प्रश्नमा उनले भने, ‘रास्वपाका सदस्यका रूपमा रहेको छु। मेरो पछाडि फर्किने बानी छैन। म फेरि कांग्रेस फर्किन्न। गण्डकीको पानी खाएर हुर्केको हुँ। तनहुँका जनताले न्याय गर्छन् भन्ने लाग्छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.