|
फाइल तस्वीर

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इमानमा अड्न नसकेको आरोप लगाएका छन्। 

पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्ड इमान नभएको भन्दै त्यस्ता स्वार्थीको गठजोडमा एमाले नलाग्ने बताए। आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले वामपन्थी एकताको पक्षमा पनि आफू नलाग्ने बताए।

प्रचण्डलाई प्रधानमन्त्री बनाउँदाको क्षणको स्मरण गराउँदै उनले इमान नभएकासँग एकता गर्न नहुने पनि अध्यक्ष ओलीले बताए। यता पनि खोज्ने, उता पनि खोज्ने प्रचण्डको चाल भएको उल्लेख गर्दै उनले त्यसको पक्षमा आफ्नो पार्टी नरहेको दावीसमेत गरे।

ओलीले आफ्नो पार्टीले आगामी ४ वर्षभित्र राष्ट्रिय शक्तिको रुपमा उदाएर अघि बढने संकल्प लिएकाले सोहीअनुसार गम्भिरताका साथ काम गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

उनले भने, ‘समृद्ध नेपाल‚ सुखी नेपाली बनाउन एमाले एक्लैले बहुमत ल्याउन सक्छ। यहाँ अस्ति भर्खर हामीले गरेर हेरेनौं वामपन्थी एकता? कुहेका ढोडको लौरा टेक्न खोजेनौ हामीले? यहाँ प्रधानमन्त्री खुवाइयो‚ डुँडमा प्रधानमन्त्री खाँदैछ होला भनेको त उतापट्टि गएर। एउटा पत्रिकाले अस्ति एउटा कार्टुन निकाले छ- अंकमाल गरेको‚ मुख उता फर्काको‚ थुतुनो उतापट्टि यति लामो निकालेको। मैले यसो हेरेँ– पत्रकारले पनि बुझेकै रहेछ। हामीलाई त थाहा थियो नै तर पत्रकारले पनि बुझेकै रहेछ। अंगालो मसँग मारेको छ‚ मुन्टो उता फर्काको छ। यस्तो एकता खोजेर, यस्ता एकताको पछाडि लागेर, यस्ता इमानमा अड्न नसक्ने र इमान नभएको स्वार्थका पछाडि कुद्ने तत्वहरुसँग गठजोड गरेर हुँदैन। देशलाई सुदृढ राष्ट्रिय शक्ति हामी आफू शक्तिशाली हुुनु पर्‍यो नि। आफू कमजोर हुने अनि यता खोज्ने, उता खोज्ने। प्रचण्ड चाल भई गो नि त्यो‚ त्यो चाल होइन। अब ४ वर्ष हामी यसरी आफ्नो शक्ति निर्माण गरौं। जहाँबाट हामी हरेक क्षेत्रमा, हरेक ठाउँमा बहुमत प्राप्त गर्न सक्छौं। हरेक ठाउँमा हामी नै निर्वाचित हुन सक्छौं। त्यो स्थिति हामी बनाउन सक्छौं‚ कसैको केही लाग्दैन।’

अध्यक्ष ओलीले मुलुकको राष्ट्रियतालाई जोगाउन, मुलुकको स्वाभिमानलाई माथि उठाउन एमाले मुलुकको सुदृढ शक्ति बन्नुको विकल्प नरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.