|

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ।

इडेन गार्डेन कोलकोतामा हैदरावादले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकत्ता निर्धारित ओभरमा सात विकेट गुमाउँदै २०५ रनमा समेटिएपछि हैदराबाद विजयी भएको हो । टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ४ विकेट गुमाएर २२८ रन बनाएको थियो। 

हैदराबादका लागि ओपनर ह्यारी ब्रुकले ५५ बलमा १२ चौका र ३ छक्कासहित अविजित १०० रनको शतकीय इनिङ खेले। कप्तान एडेन माक्ररमले २६ बलमा २ चौका र पाँच छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले। 

अभिषेक शर्माले १७ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३२ रन बनाए। हेनरिक क्लासेनले ६ बलमा अविजित १६ रनमा बनाए। कोलकाताका लागि आन्द्रे रसलले तीन तथा वरुण चक्रवर्तीले एक विकेट लिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.