|

बैतडी : बैतडीको दोगडाकेदार गाउँपालिका-८ कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएको अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

शनिबार बेलुका ८ बजे घरनजिकै हत्या गरिएको अवस्थामा वासुदेवको शव फेला परेको हो। धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको बताइएको छ।

वासुदेवको कसले र किन हत्या गरे खुल्न बाँकी छ। घटनाबारे  विस्तृत विवरण आउन बाँकी रहेको छ। थप अनुसन्धानका प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.