|

सुर्खेत :  डोल्पाको तोइजुमबाट लुकिछिपी यार्सा गुम्बा टिप्न जाने १३ जना पक्राउ परेका छन्।

यार्सा संकलनका लागि अनुमति दिइनुअघि नै पाटन छिर्न खोज्ने १३ जनालाई शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज  र रामवाण गुल्मको संयुक्त गस्ती टोलीले पक्राउ गरेको हो।

जगदुल्ला गाउँपालिका ४ चौरोकोटका सोमराज रोकाय, मान बहादुर थापा, वसन्त सिंह, कर्मा प्रसाद विक र मुड्केचुला गाउँपालिकाका मनोज बुढा, धन बुढा, भिम बुढा, जनम बुढा, धन बहादुर बुढा, मुकु बुढा, सर्वराज बुढा पक्राउ परेका हुन्। यस्तै  जुम्ला गज्याङकोटका प्रकाश बुढा र कालिगार बुढा पनि पक्राउ परेका छन्।

रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत लाल बहादुर भण्डारीले उनीहरू सबै निकुञ्जको तोइजुम पोष्टबाट पक्राउ परेको जानकारी दिए।

डोल्पामा प्रत्येक वर्ष सर्वदलीय निर्णय गरेर मात्र यार्सा संकलन पाटन खुलाइन्छ। यार्साका लागि पाटन नखुल्दै उनीहरू अवैध रूपमा पाटन छिर्न खोज्दा पक्राउ गरेको निकुञ्जले जनाएको छ।

त्यसैगरी कुनासा र पुनिखा पाटनमा अवैध रुपमा छिरेका ४० जनाको हाराहारीमा रहेको समूहलाई निकुञ्ज र सेनको संयुक्त गस्ती टोलीले चारैतिरबाट घेरा हालेकाले केही समयमा पक्राउ गर्ने प्रमुख संरक्षण अधिकृत भण्डारीले जानकारी दिए।

यो वर्षको यार्सा संकलन गर्ने समय नजिकिँदै गर्दा एकसाता देखि निकुञ्जका कर्मचारी र सेनाले निकुञ्ज क्षेत्रमा पर्ने यार्सा पाटनमा संयुक्त गस्ती गरिरहेको निकुञ्जले जनाएको छ।

यार्सा संकलन गर्ने समय अघि नै लुकिछिपी पाटन नछिर्न निकुञ्जले सर्वसाधारणलाई आग्रह गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.