|

विराटनगर : प्रदेश नामकरणको विरोधमा आन्दोलनका क्रममा निधन भएका शहीद पदमकुमार लिम्बुको अत्येष्टि गरिँदै छ। 

शवयात्रापछि शनिबार दिउँसाे अन्त्यष्टि गरिने प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ। आज बिहान १० बजे धरानमा, ११ बजे इटहरी र साढे १२ बजे रोडशेष चोक विराटनगरमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ। 

श्रद्धाञ्जली सभापछि प्रदेशसभा परिक्रमा गरी २ः३० बजे शहीद लिम्बुको घर बेलबारीमा शव पुर्‍याउने कार्यक्रम तय भएको संघीय लिम्बुवानका सुनसरी जिल्ला अध्यक्ष अमर इजमले जानकारी दिए। अपराह्न ४ बजे उनको अन्तिम संस्कार गरिने छ। 

प्रदेश १ को नाम कोशी पारित भएपछि पहिचानको आधारमा नामकरणको माग गर्दै चैत ५ गते भएको आन्दोलनका क्रममा प्रहरीको लाठी लागेर घाइते लिम्बुको उपचारकै क्रममा चैत १० गते मृत्यु भएको थियो।

संघर्ष समितिको माग अनुसार चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले लिम्बुलाई शहीद घोषणा गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.