|

काठमाडौं : नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले माओवादीका अयोग्य लडाकुलाई रकम दिने काम बन्द गर्न माग गरेका छन्। 

सरकारले अयोग्य लडाकुलाई दुई–दुई लाख रुपैयाँ दिने निर्णय गरेपछि यसको चौतर्फी आलोचना भइरहेको छ।

शुक्रबार संसद बैठकमा बोल्दै सांसद खतिवडाले देश चरम आर्थिक संकटमा रहेको भन्दै पैसा बाँड्ने काम बन्द गर्न माग गरे। 

‘देशका सबै नागरिक योग्य छन्। अयोग्यले त दुई लाख पाउने भए भने योग्यले कति पाउने हो त्यो पनि सरकारले निर्णय गरोस्।’ खतिवडाले भने, अहिले देशको आर्थिक अवस्था कमजोर भइरहेका बेला सरकारले अयोग्यका नामम रकम दिने काम बन्द गर्नुपर्छ। 

खतिवडाले सरकारको निर्णयको आलोचना गरिरहँदा प्रमुख विपक्षी नेकपा एमालेका सांसदले टेबल ठोकर समर्थन जनाएका थिए। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.