|

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन जारी गर्ने प्रकृयामा रहेको बताएका छन्। शुक्रबार बौद्ध महांकालस्थित जनकल्याण माध्यमिक विद्यालयको ७० औँ वार्षिक उत्सव समारोहमा शिक्षा ऐन छिट्टै जारी गर्ने गरी आवश्यक काम थालेको बताएका हुन्।

उनले त्रूटिरहित ऐन जारी गर्ने बताए। ‘म शिक्षा मन्त्रालयमा आउनुभन्दा अगाडि शिक्षा ऐन आइसकेको रहेछ,त्यसलाई परिमार्जन गर्ने भएमा शिक्षाविदहरूलाई आक्रमण गर्नेछु,मैले उहाँहरूको सहयोगको अपेक्षा राख्ने छु,अब हामी शिक्षा ऐन ल्याउने प्रकृयामा छौँ,सकेसम्म त्रुटिरहित बनाएर लैजाऊँ भन्ने चाहना छ, त्यसमा शिक्षा क्षेत्रका अनुभवी मित्रहरूको सहयोगको अपेक्षा राख्दछु छु,’उनले भने।

शिक्षा क्षेत्रमा लगानी बढाउने माग बढिरहँदा उनले सक्दो शिक्षामा लगानी बढाउन पहल गर्ने बताए। ‘सरकारले शिक्षा क्षेत्रलाई आवश्यक महत्वका साथ हेर्नुपर्छ भनिरहँदा निश्चय नै अर्थतन्त्रको कुरा आर्थिक मद्दत कति दिन सक्छ भन्ने महत्वपूर्ण मात्र होइन निर्णायक तत्व पनि हो,अहिले हामीले चाहेको जस्तो गर्न सकिरहेका छैनौँ,न्यूनतम् आवश्यकता पूरा गर्न पनि हामीलाई धौ धौ छ,’उनले भने।

अहिलेको अर्थतन्त्र अवस्थाले अपेक्षित शिक्षामा लगानी बढाउन भने सकस परेको उनको भनाइ छ। ‘यहाँहरूलाई थाहा छ गएको चालु वर्षमा हामीले लक्ष्य गरेको राजश्व संकलन हुन सकेन,’उनले भने,‘हामीले २ सय ६२ अर्ब बराबरीको खर्च कटौती गर्नुपर्छ,ऋण लिएर दातृ निकायसँग अनुदान मागेर काम गर्नुपर्ने अवस्था छ, तर,जे जस्तो अवस्था भए पनि हामी हार मानेर निष्क्रिय बन्न सक्दैनौँ।’ 

उनले आफ्नो कार्यकालमा भएका स्रोत साधनको उपयोग गरि शिक्षामा जुन राष्ट्रिय लक्ष्य छ,त्यो प्राप्ति गर्नका निम्ति अधितम इमान्दारी पूर्वक मेहनत गर्ने बताए। ‘उपलब्ध स्रोतसाधनहरूलाई  हामी निश्चित रूपमा अधिकतम उपलब्धि पूर्ण फल दायी बनाउने काममा लाग्ने छौँ,’उनले भने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.