|

काठमाडौं :  कपन सरस्वतीनगरमा भएको हत्याकाण्डमा संलग्न भएको आरोपमा पक्राउ परेका विनोद विश्वकर्मलाई सार्वजनिक गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्युरोले काठमाडौँमा पत्रकार सम्मेलन गरेर आरोपी बिकलाई सार्वजनिक गरिएको छ। एक साताअघि कपन सरस्वतीनगरमा भाँडा पसल चलाएर बस्ने नीरा पाण्डे आचार्यको हत्या भएको थियो।

एक सातासम्म हत्यारा र हत्या गर्नुको कारण पत्ता लगाउन नसकेको भन्दै प्रहरी आलोचित बन्न थालेको थियो। नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यको नेतृत्वमा ८ सदस्य छानविन टोली बनाएर अनुसन्धान थालेको थियो।

प्रहरीले आरोपी विकलाई उनको घर झापा धुलाबरिबाट पक्राउ गरेको बताएको छ। पक्राउ परेलगत्तै आफ्नो अपराध स्वीकार गरेका विकले योजना बनाएर नै लुटपाट गरी हत्या गरेको प्रहरीले बताएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.