|

काठमाडौं : धादिङको गणेशखोलामा रहेको पुलनजिक सडक भासिएपछि सोमबारदेखि अवरूद्ध पृथ्वी राजमार्ग अझै खुलेको छैन । 

सडक खुलाउन नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, सडक प्राविधिक र मजदुर हिजैदेखि निरन्तर मर्मतमा लागिरहेको धादिङका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जानकारी दिए। 

उनले मंगलबार बिहान १० बजेदेखि एकतर्फी सडक खुलाउन सकिने अनुमान गरेको बताए। धादिङको थाक्रे गाउँपालिका र धुनिबेसी नगरपालिका जोड्ने पुलको मुखमा जमिन भासिएपछि सोमबार अपराह्न ४ बजेदेखि सडक अवरुद्ध भएको हो। 

सामान्य फिलिङ गरेर नचल्ने भएपछि तलैदेखि जाली बिछ्याएर मर्मत भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले बताए। उनका अनुसार साना सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यमा पठाइएको छ भने ठूला बस र ट्रक १७ घण्टादेखि रोकिएका छन् । 

काठमाडौं आउने सवारी साधनले गल्छी–नुवाकोटको बाटो प्रयोग गरिरहेका छन् भने काठमाडौंबाट बाहिर जाने गाडी त्रिभुवन राजपथबाट हेटौंडातिर गएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.