|

काठमाडौं : दार्चुलाको व्यास गाउँपालिका-१ बेलिनमा गएको हिमपहिरोमा परी बेपत्ता हुनेमध्ये तीनजनाको शव भेटिएको छ।

हिजो दिउँसो गएको हिमपहिरोमा पुरिएका ५ मध्ये दुई महिला र एक युवकको शव फेला परेको प्रमुख जिल्ला अधिकारी किरण जोशीले जानकारी दिए।

उनका अनुसार दुई महिलाको सनाखत भएको छैन भने युवक जुहु गाउँपालिका-४ का १८ वर्षीय प्रवीण कुँवर रहेका छन्।

भौगोलिक कठिनाइका कारण फेला परेका शव निकाल्न नसकिएको प्रजिअ जोशीले बताए। बाँकी बेपत्ता दुईजनाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली खटिएको छ। यार्सागुम्बा खोज्न १२ जना बोलिनतिर गएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.