|

उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए) ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार जनाएको छ।

मङ्गलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको आरबीएले जनाएको छ। 

हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्कअनुसार १०९ जनालाई मृत घोषित गरिएको छ। बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ।

'वर्षापछि आएको बाढीले गर्दा ठाउँठाउँमा ठूला पहिरा गएका, रूखहरू ढलेका र सडक पुरिएका छन् । बाढीले बगानहरू पनि बगेका छन् । हामीले ठूलो समस्याको सामना गर्नुपरेको छ', उत्तरी प्रान्तकी एक बाढीपिडित महिलाले आरबीएसँग भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.