|

काठमाडौं : निरन्तरको झरीपछि मौसममा सुधार आउने भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शुक्रबार र शनिबार मौसम केही खुल्ने र घाम लाग्ने जनाएको छ।

मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौं उपत्यकामा पनि आज बिहानैदेखि मौसममा सुधार भई घाम लागेको छ । यद्यपि गण्डकीसहितका पहाडी भूभागका केही स्थानमा शुक्रबार पनि आशिंकदेखि सामान्य बदली रही सामान्यतया मौसम सफा रहनेछ। 

कोशी प्रदेशसहितका केही भूभागका थोरै स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना छ । आइतबारदेखि पुनः देशैभर मौसममा पूर्ण बदली हुनसक्ने महाशाखाको अनुमान छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.