|

काठमाडौं : शरीरमा पानीको कमी हुनुलाई डिहाइड्रेशन भनिन्छ। हाम्रो शरीरको ७० प्रतिशतभन्दा बढी भाग तरल पदार्थले बनेको हुन्छ। त्यसैले पानी हाम्रो शरीरका लागि धेरै महत्त्वपूर्ण छ।

शरीरमा पानीको अभाव लामो समयसम्म रह्यो र प्रारम्भिक लक्षणका आधारमा पहिचान गर्न नसकेमा ऊर्जाको कमीदेखि हृदयघातसम्म हुन सक्छ। पानीको कमीले स्नायु तन्तु र धमनीहरू खुम्चिन्छन्, जसका कारण मुटुको पम्पिङअनुसार रगतको प्रवाह बढ्छ र रक्तसञ्चार राम्रोसँग हुन सक्दैन।

पिसाबको रङबाट थाहा हुन्छ डिहाइड्रेशन
 -डिहाइड्रेशन हुँदा सबैभन्दा पहिला पिसाबको रङ परिवर्तन हुन्छ। यसको रंग पारदर्शी वा पानीजस्तो हुनुको सट्टा पहेँलो हुन थाल्छ। 
- शुरुमा पिसाबको रङ हल्का पहेँलो हुन्छ तर डिहाइड्रेशनको मात्रा बढेमा पिसाबको रङ गाढा पहेँलो हुन्छ। 
- डिहाइड्रेशन हुँदा बारम्बार छिटो पिसाब आउँदै छ जस्तो लाग्न सक्छ तर पिसाबको केही थोपा मात्र जान्छ। 
- पिसाबको मात्रा कम हुनुका साथै पिसाबमा जलन वा चिलाउने समस्या पनि हुन सक्छ।

कसरी बच्ने 
- धेरै पानी पिउनाले डिहाइड्रेशन ठिक हुन्छ। त्यसैले हरेक दिन ७ देखि ८ गिलास पानी पिउनुपर्छ।
- धेरै पानी पिउनुका साथै दिउँसो १ कचौरा दही खानुपर्छ र बिहान वा बेलुकी एक गिलास दूध पिउनुपर्छ। लस्सी वा मही सेवन गर्न सकिन्छ। 
- काँक्रो-खरबुजाजस्ता  फलफूलमध्ये कुनै एक दैनिक खानु राम्रो हुन्छ। 
 -हरेक दिन एक गिलास बेलको जुस पिउनु पनि राम्रो मानिन्छ। यो जुसले हाइड्रेटेड पनि राख्छ र गर्मीमा दिमागलाई शान्त राख्छ।

यी पेय पदार्थबाट शरीरमा पानी पूर्ति हुँदैन 
चिया, कफी, सफ्ट ड्रिंक्स, कोल्ड ड्रिंक्स, कोक आदि पेय पदार्थ सेवन नगरेको राम्रो हुन्छ। यी पिउनाले शरीरमा पानीको कमी त हट्दैन तर धेरै रासायनिक प्रतिक्रियाले शरीरमा पानीको कमी हुन जान्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.