|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा १६औँ चरणका खेल शुरु हुँदैछ। सोमबार दुई खेल हुने एन्फाले जनाएको छ।

दिउँसो ३ बजे च्यासल मैदानमा हुने खेलमा फ्रेन्डस् क्लब र एफसी खुमलटारबीच प्रतिस्पर्धा हुँदैछ । १५औँ चरणका खेल सकिँदा १६ अंकसहित १३ औँ स्थानमा रहेको फ्रेण्ड्स यो खेल जित्दै दशौँ स्थानमा उक्लिन चाहन्छ। १७ अंकसहित १२औँ स्थानमा रहेको खुमलटार भने आठौँ स्थानमा उक्लिने लक्ष्यमा हुनेछ । 

यस्तै दिउँसो ३ बजे नै एन्फा क्लब सातदोबाटोमा नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। १५ अंकसहित अन्तिम स्थानमा रहेको पुलिस स्थान सुधारको लक्ष्यमा रहँदा १९ अंकसहित आठौँ स्थानमा रहेको मनाङलाई पनि पुलिसविरुद्ध जित निकाल्दै कम्तीमा छैटौँ स्थान सुरक्षित गर्ने चुनौती छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.