|

काठमाडौं : नेपाल समाजवादी पार्टीले नक्कली नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई उन्मुक्ति नदिन आग्रह गरेको छ। 

नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले बिहीबार एक विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा अपराधीलाई उन्मुक्ति नदिन र निर्दोषलाई नफसाउन आग्रह गरेका छन्। विज्ञप्तिमा यो प्रकरणलाई ‘स्टेटकेस’ को रूपमा लिएर क्यान्सरको रूपमा रहेको भ्रष्टाचारको दिर्घकालीन समस्या समाधान गर्न माग गरिएको छ। 

‘यो प्रकरणलाई एउटा महत्वपूर्ण टेस्ट केसको रूपमा लिएर हाम्रो राज्य र समाजमा क्यान्सर फैलिएको भ्रष्टाचारको समस्यालाई दीर्घकालीन रूपमा निवारण गर्न शासकीय स्वरूप र निर्वाचन प्रणालीमा सुधार, दलहरूको चुनावी खर्च राज्यले व्यहोर्ने व्यवस्था, सबै तहका भ्रष्टाचारको छानवीन र कार्बाही गर्न शक्तिशाली जनलोकपालको व्यवस्था, प्रशासन र न्यायालयमा समयोचित सुधार तथा राजनीतिक हस्तक्षेपको अन्त्य लगायतका संरचनात्मक सुधार निम्ति आवश्यक संवैधानिक र कानूनी परिवर्तनका लागि पनि नेसपा सबै दलहरू र सरोकारवालाहरूसंग अपील गर्दछ,’ विज्ञप्तिमा भनिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.