|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ। च्यासल मैदानमा दिउँसो ३ बजे मछिन्द्र फुटबल क्लब र थ्रीस्टार क्लब भिड्नेछन्। 

उपाधि होडमा फर्किन मच्छिन्द्रलाई थ्रीस्टारविरुद्ध जित निकाल्नुपर्ने दबाब छ। ​मच्छिन्द्र २४ अंकसहित तालिकाको चौथो स्थानमा छ।  थ्रीस्टार जित निकाल्दै अंक तालिकामा सुधार गर्ने प्रयासमा  रहनेछ।

यही समय दशरथ रंगशालामा चर्च ब्वाइज र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्रिभुवन आर्मी क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिने र तीन अंकको अग्रता लिने अवसर चर्च ब्वाइजलाई छ। चर्च ३० अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

दोस्रो लेगको चौथो चरणको अन्तिम खेलमा दशरथ रंगशालामा साँझ ६ बजे रोयल ब्लु सातदोबाटो र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ। सातदोबाटो २३ अंकसहित पाँचौँ र एपीएफ २२ अंकसहित तालिकाको छैटौँ स्थानमा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.