|

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदैछ।

दिउँसो ३ बजे च्यासल मैदानमा जावलाखेल र मनाङ मर्स्याङ्दीबीच खेल हुनेछ। 

प्रतियोगितामा ९ जितसहित शीर्ष स्थानमा रहेको जावलाखेल आजको खेल जित हात पार्दै शीर्ष स्थानको दूरी बढाउने लक्ष्यमा हुनेछ। १६ खेलमा पाँच जित निकालेको मनाङ आज छैटौँ जितको खोजीमा हुनेछ। मनाङ तालिकाको आठौँ स्थानमा छ । 

यस्तै ३ बजे नै न्यूरोड टिम (एनआरटी) र फ्रेण्डस् क्लबबीच एन्फा फुटबल मैदान सातदोबाटोमा प्रतिस्पर्धा हुनेछ। 

यस्तै पाचौं जितको खोजीमा रहेको न्युरोड टिम एनआरटी पनि आज जित निकाल्दै अंक तालिका सुधार्न चाहन्छ। यता तालिकाको ११ औँ स्थानमा रहेको फ्रेण्डस् क्लब पनि छैटौँ जितको खोजीमा हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.