|

काठमाडौं : तीन जिल्लाका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

रोल्पा, रोल्पा नगरपालिका-२ कालोपहिरास्थित सडकमा रा.२ प ८८५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही नगरपालिका-६ कोटगाउँ बस्ने २२ वर्षीय उमेश बाठा मगरको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल रेउघामा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भईरहेको छ।

चितवन, भरतपुर महानगरपालिका-४ स्थित दुई नम्बर क्यानसर गेट नजिक नजिक सडकमा बागमती प्रदेश ०६-०१ प २९६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा चालक सोही महानगरपालिका-२६ बस्ने ३६ वर्षीय दिपेन्द्र राज गिरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।          

काभ्रे, नमोबुद्ब नगरपालिका-७ खोलेखेतस्थित सडकमा बा.७२ प ४७०१ नम्बरको स्कुटर अनियन्त्रित भई सडकबाट करिब २५ फिट तल खसेर शनिबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक काठमाडौं टोखा नगरपालिका-२ बस्ने ६५ वर्षीय बिचारी हिङमाङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलिखेल अस्पताल हुँदै शिक्षण अस्पताल महाराजगंजमा थप उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.