|

प्योङयाङ : उत्तर कोरियाका युवाहरूलाई आफ्ना राष्ट्रप्रमुख किम जोङ उनलाई 'आदरणीय पिता' भनेर सम्बोधन गर्न आदेश दिइएको छ। देशका केही युवाले यो आदेशको कडा विरोध गरिरहेका छन्।

युवाहरूले किम पिता भनेर सम्बोधन गर्न र पर्याप्त सम्मान गर्न योग्य व्यक्ति नभएको विश्वास गर्छन्। किमका बुवा किम जोङ इल र बाजे किम इल सुङलाई पनि 'आदरणीय पिता' भनेर सम्बोधन गरिन्छ।

रेडियो फ्री एशियाका अनुसार ३८ वर्षीय किम जोङ उनले आफ्ना पिता किम जोङ इल र बाजे किम इल सुङले जस्तै आफूलाई जनताले आदरणीय पिता भन्नुपर्ने अधिकारलाई वैधानिक बनाउन खोजेका छन्।

देशको उत्तरपूर्वी प्रान्त नर्थ ह्यामग्योङका एक बासिन्दाले रेडियो फ्री एशियालाई भने‚ ‘अहिलेसम्म अधिकारीहरूले मिडियामा उत्तर कोरियाली जनताले राष्ट्रप्रमुखको हार्दिक प्रशंसा गर्छन् र उनको कुरालाई पिताकै आदेशका रूपमा पालना गर्छन् भनेर भनिरहेका छन्।’

मे महिनामा दिइएको शैक्षिक भाषणअनुसार १४ देखि ३५ वर्षका युवाहरूले अब ३८ वर्षीय किम जोङ उनलाई आदरणीय पिता भनेर सम्बोधन गर्नुपर्नेछ। यद्यपि उत्तर कोरियाका युवाका अनुसार ३८ वर्षका उनलाई ‘पिता’ भन्न उचित लाग्दैन।

धेरै उत्तर कोरियालीले बाजे र बाबुको तुलनामा उन धेरै जवान र अनुभवहीन भएको विश्वास गर्छन्। त्यसैले यस्ता व्यक्तिलाई पिता भन्नु उचित हुँदैन।

उत्तर कोरियाका संस्थापक एवं किमका बाजे किम जोङ इल सुङले सन् १९७६ मा ५५ वर्षको उमेर पुगेपछि जनताका पिताको उपाधि प्रयोग गर्न थालेका थिए। यद्यपि कम उमेरका उत्तर कोरियालीले उनलाई ‘बाजे’ भनेका थिए।

यसैबीच किम जोङ इलले सन् २०११ मा ५३ वर्ष पुग्दा मात्र यस्तो उपाधि प्रयोग गरेका थिए। उनको मृत्यु पनि त्यसै वर्ष भएको थियो।

रियाङगाङका उत्तरी प्रान्त अर्का बासिन्दाले भने‚ ‘सञ्चारमाध्यमले उनीलाई निडर देशभक्त र जोशिला नेताका रूपमा प्रशंसा गर्छन्। मिडियाका अनुसार उनी विश्वलाई उत्तर कोरियाको गरिमा र शक्ति देखाउने नेता हुन्। त्यसैले अब उहाँलाई पिता भनेर सम्बोधन गरिनेछ।’

उनको यो कदमले युवामा असन्तुष्टि बढ्दै गएको धेरै उत्तर कोरियालीले विश्वास गर्छन् ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.