|
फाइल तस्वीर

धनगढी : पूर्वराजा ज्ञानेन्द्र शाहले धनगढी आउने कार्यक्रम स्थगित गरेका छन्। पूर्वराजाको निर्धारित सुदूरपश्चिम भ्रमण स्थगित भएको नागरिक अभिनन्दन मूल समारोह समितिका संचार संयोजक ललित जोशीले जानकारी दिए।

उनका अनुसार रेशमलाल चौधरीको पार्टीले देशभर विरोध गर्ने कार्यक्रम भएकाले सो विरोध धनगढीमा पनि हुने र राजाको कार्यक्रम विवादित हुनसक्ने भन्दै भ्रमण रद्द गरिएको हो। 

पूर्व राजपरिवारको सुदूरपश्चिम भ्रमण स्थगित भएकोबारे शुक्रबार पत्रकार सम्मेलन नै गरेर जानकारी गराइएको छ।

यसअघि जेठ ६ गते धनगढी रङ्गशालामा पूर्वराजाको नागरिक अभिनन्दनको कार्यक्रम तय भएको थियो। तर नागरिक उन्मुक्तिको देशव्यापी आन्दोलनका कारण भ्रमण रद्द भएको हो। 

आयोजकले भने आन्दोलनका साथै सुरक्षाको कारण देखाएर पूर्वराजाले शनिबार थाल्ने सुदूरपश्चिमको भ्रमण स्थगित भएको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.