|

काठमाडौं : नेकपा एमालेका उपमहासचिव विष्णु रिमालको अभिव्यक्तिप्रति र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रतिवाद गरेका छन्।  एक कार्यक्रममा उपमहासचिव रिमालले मेयर साम्पाङलाई ‘बौलाहा टाइपको मेयर’ भनेपछि उनले ‘गुइँठे’ भन्दै प्रतिवाद गरेका हुन्। 

‘धरानको बौलाहा टाइपको मेयर छ। काम त राम्रै गर्‍या होला। धरान बाहिर पपुलर छ धरानभित्र के छ थाहा छैन। उसकोमा ४०/५० हजारले लाइक गर्‍या देख्छु एक घण्टामा। त्यसपछि स्वतन्त्र पार्टीको सभापतिले राख्या देख्छु। उसको एक घण्टामा ३०/४० हजारले लाइक गर्‍या देख्छु। त्यही लयमा उनीहरूको गइराख्या हुन्छ। कहिलेकाहीँ लेख्न मन लागेन भने पनि तिनीहरूबाट पनि सिकौँ न। सूर्यको जय होस लेख्दिनुस्। सूर्यको चिन्ह हाल्दिनुस्। तपाईँ आइडेन्टीफाइ हुनुभयो। त्यति हुनासाथ हाम्रो परिवार एकै ठाउँमा देखिन्छ,’ रिमालले भनेका थिए। 

जवाफमा मेयर साम्पाङले विष्णु रिमाल भन्ने गुइँठेको कुरामा आफूले प्रतिवाद नगर्ने बताएका छन्। 

‘विष्णु रिमाल कि खोइ के भन्ने गुइँठेले के भने भन्ने कुराको प्रतिवाद गर्दिन म। मेरा समर्थक र शुभचिन्तक सार्वभौम नेपाली जनतालाई छोड्दिन्छु,’ मेयर साम्पाङले भनेका छन्। 

साथै रिमालले अध्यक्ष केपी ओलीको फेसबुक पेजमा हरेक दिन ५० हजार भन्दा बढी लाइक आयो भने चुनावमा पार्टीले बहुमत ल्याउने दाबीसमेत गरेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.