|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश नियुक्तिमा सत्ता गठबन्धनले चासो नदिएको बताएका छन्। उनले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोखेका हुन्। 

आइतबार प्रतिनिधिसभामा आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रममाथि बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले २३ महिनासम्म संवैधानिक परिषद्को बैठक नडाकेर सर्वोच्च अदालतलाई प्रधानन्यायाधीशविहीन बनाएको आरोप लगाए। 

‘प्रधानन्यायाधीश चाहियो कि चाहियो भनेको छ। यस्तो इम्प्रेसन दिन खोजिएको छ प्रतिपक्षीले गर्दाखेरि। २३ महिना संवैधानिक परिषद्को बैठक किन नबोलाएको?,’ उनले भने।  

अध्यक्ष ओलीले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाभियोग टुंगो नलगाई अलपत्र छोडेको बताए। 

‘एउटा प्रधानन्यायधीशमाथि महाभियोग लगाएर छोडिदिने, महाभियोग प्रस्ताव निर्णयार्थ अगाडि जान नदिने अनि बद्नियतपूर्ण ढंगले काम गरेर लोकतन्त्र हुन्छ? यसरी पारदर्शी ढंगले कामहरू हुन्छन्? कमी कमजोरी आफू गर्ने अनि दोष अर्काको टाउकोमा लगाइदिने,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.