|
फाइल तस्वीर

काठमाडौं : यस वर्षको वसन्त ऋतुमा करिब ५ सय आरोहीले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन्।

पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा सोमबारसम्म आरोही तथा शेर्पा सहयोगी गरी ५ सयले सगरमाथा आरोहण गरेका हुन्।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले सोमबारसम्म करिब ५ सयले सगरमाथा आरोहण गरेको बताए।

‘वसन्त ऋतुको सगरमाथा आरोहणमा ४ सय ७८ जनाले आरोहण अनुमति ‘एक्सपीडिसन पर्मिट’ लिएकामा आजसम्म करिब ५ सयले सगरमाथाको सफल आरोहण गरेका छन्। यसमा आरोही तथा शेर्पा गाइड पनि छन्,’ महानिर्देशक लुइँटेलले भने।     

मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहवर्द्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ। यस वर्ष वसन्तको आरोहण गत वैशाख ३० गते सुरु भएको थियो। 

सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहण सुरु हुने गर्छ।

वसन्तमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले यस वर्ष अनुमति लिएका छन्। विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी कूल ४७८ जनाले आरोहण अनुमति लिएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.