|

काठमाडौं : जनमत पार्टीले दुई सांसदलाई फिर्ता बोलाउने भएको छ। 

अध्यक्ष डा.सिके राउतको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय समिति बैठकले मोरङकी सोनु मुर्मू र सिराहाकी विनिताकुमारी सिंहलाई फिर्ता बोलाउने निर्णय गरेको एक नेताले जानकारी दिए। उनका अनुसार पार्टीले लिएको ‘राइट टु रिकल’को नीतिअनुसार उनीहरुलाई फिर्ता गर्ने निर्णय भएको हो।

यो विषयमा अब बस्ने संसदीय दलको बैठकले निर्णय गरी निर्वाचन आयोगमा र संसद सचिवालयमा लेखेर पठाउने छ। 

दुवै समानुपातिक सांसद हुन्। उनीहरूले पार्टीको हितविपरीत काम गरेको, संसदमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइएको छ। सांसद मूर्मूले पार्टी नीतिविपरीत श्रीमानलाई स्वकीय सचिव नियुक्त गरेको जनमतको आरोप छ । 

स्रोतका अनुसार बैठकमा सांसद मुर्मूलाई कारबाही गरेर उनको ठाउँमा कपिलवस्तुकी दुर्गावती धोबीलाई सिफारिस गर्ने निर्णय भएको छ। सिंहको हकमा भने कसलाई पठाउने भन्नेबारे निर्णय भइसकेको छैन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.