|

काठमाडौं : सहज च्यालेन्ज फण्डले फन्ड–३ अन्तर्गत नविनतम ब्रान्डिङ वा प्याकेजिङ्ग वा वितरण प्रणाली सम्बन्धी सेवा प्रदान गर्ने सेवा प्रदायकलाई आवेदन आव्हान गरेको छ। सहज च्यालेन्सले यस च्यालेन्ज फण्डका लागि २०८० असार ५ सम्म आवेदन दिन सकिने जनाएको छ।

सहज च्यालेन्ज फण्डका टिम लिडर अधिश कार्कीले  ५ लाखदेखि ५० लाख रकमसम्म सहयोग गरिने बताए। उनका अनुसार प्रस्तावित सेवाको माग, सान्दर्भिकता र सेवा प्रदायकको क्षमताको जाँच गरी सहयोग रकम तोकिनेछ। उपकरण तथा मेशिनेरी खरिदका लागि भने सहज च्यालेन्ज फण्डले सहयोग गर्ने छैन।

आवेदनको समय सीमा सकिएपछि पहिलो चरणको मूल्यांकन गरिनेछ र सफल आवेदकहरूलाई पूर्ण व्यावसायिक योजना बुझाउन अनुरोध गरिनेछ। पेस गरिएका व्यावसायिक योजनाको पूर्ण मूल्यांकन पछि छानिएका विजेता आवेदकले सहयोग रकम पाउनेछन्।

नेपाल कृषि बजार विकास कार्यक्रम—एन.ए.एम.डी.पीका टिम लिडर रिक भ्यान डर क्याम्पले गत बिहीबार भएको पत्रकार सम्मेलनमा स्विस कन्ट्याक्टका परियोजनाले खेलेको परिवर्तनकारी भूमिकाबारे जानकारी दिए।

उनले भने, ‘सहज च्यालेन्ज फन्डमार्फत, एन.ए.एम.डी.पीले कृषि क्षेत्रमा नवप्रवर्तनलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।’ यस्तै,सिप्रडका तर्फबाट एन.ए.एम.डी.पीका कृषि सेवा प्रबन्धक शुभेच्छा श्रेष्ठले सहज च्यालेन्ज फन्डले कृषि प्रशोधनमा सेवा प्रदायकहरूका लागि बनाइएको जानकारी दिइन्।

‘कृषि प्रशोधनमा भएको सुधारले किसानहरूको मूल्य अभिवृद्धिमा प्रभाव गर्छ, जसले उच्च आय र रोजगारी सिर्जना गर्छ,’शुभेच्छा श्रेष्ठले भनिन्। सम्मेलनकै क्रममा सहज च्यालेन्ज फण्डका ब्रान्डिङ र प्याकेजिङ विशेषज्ञ अनुज श्रेष्ठ र वितरण प्रणाली विशेषज्ञ दिवीभ भक्त श्रेष्ठले आफ्ना छेत्रमा रहेका बाधा–अवरोध र च्यालेन्ज फण्डले प्रोत्साहन गरेको नवप्रवर्तनकारी सेवाहरूले यी बाधा अवरोधलाई कसरी हटाउँछन् भन्नेबारे जानकारी गराए।  

‘नेपालमा धेरै कम्पनीहरूले दिगो ब्रान्डिङ र प्याकेजिङ समाधानमा काम गरिरहेका छैनन्, यो च्यालेन्ज फण्डले स्थानीय उत्पादकहरूलाई नव प्रवर्तन समाधानहरू खोज्न मद्दत गर्नेछ,’अनुजले भने ।

आवेदकको माग अनुसार अनुकूलित वित्तीय र प्राविधिक सहयोग मार्फत, सहज च्यालेन्ज फण्डले लक्षित सेवाहरूमा पहुँच बढाउँदै कोशी प्रदेशको कृषि क्षेत्रमा उच्च स्तरको व्यावसायीकरण र आर्थिक मूल्य– प्रवर्तनमा योगदान पुर्‍याउने लक्ष्य सहज च्यालेन्ज  राखेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.