|

काठमाडौं : नेकपा (एमाले)ले कृतिम खुट्टाको सहायताले सगरमाथा आरोहण गर्न सफल हरि बुढामगरलाई सम्मान गरेको छ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालमा एक कार्यक्रमको आयोजना गरी सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान राख्न सफल उनलाई पुष्पगुच्छासहित सम्मान गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उनको सगरमाथाको सफल आरोहण अपांगता भएका व्यक्तिहरूको मात्रै नभएर सबै नेपालीहरू र विश्वकै लागि पनि प्रेरणादायी रहेको बताए।

 मान्छे साहस, संकल्प गर्‍यो भने जस्तोसुकै कठिन काम पनि गर्न सक्छ भन्ने उदाहरण उनले विश्वमानै पेश गरेकोले पार्टीले उनलाई सम्मान गरेको पनि स्पष्ट पारे।

अध्यक्ष ओलीले उनको सो सफलता नेपाल र नेपालीको मात्रै सफलता नभएर विश्वकै सफलता भएको पनि उल्लेख गरे। उनको सो असाधारण काममा सघाउ पुर्‍याउने र प्रेरणा दिनेहरूप्रति पनि ओलीले आभार व्यक्त गरे।

कार्यक्रममा बोल्दै कीर्तिमानी सगरमाथा आरोही बुढामगरले अपांगता भएका व्यक्तिहरूमा जागरण ल्याउने उद्देश्यले आफूले सगरमाथा आरोण गरेको बताए। त्यस अवसरमा उनले अपांगता भएका व्यक्तिहरूलाई दया र माया भन्दा पनि साथ र अवसर दिन आग्रह गरे।

बुढामगरले आफ्नो सगरमाथा आरोहणले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो राख्न सहयोग पुगेको होला भन्ने आशा आफूले राखेको पनि बताए। उनले भने, ‘मैले यो थ्रू एउटा कुरा मात्रै भन्न चाहन्छु जति पनि तपाईंहरूको परिवारमा, कम्युनिटिजमा र तपाईंंहरूको छरछिमेकमा जे जति अपांगता भएका व्यक्तिहरू हुनुहुन्छ। उहाँहरूलाई सर्पोट र अपरच्यूनिटी दिनुहोला। म त्यो भन्न चाहन्छु। हामीलाई दया र माया भन्दा पनि अपरच्यूनिटी दिन आग्रह गर्न चाहन्छु। मेरो यो कामले नेपाल र नेपालीको शिर सगरमाथा भन्दा उचो राख्न सहयोग गयो होला भन्ने आशा राखेको छु।'

ब्रिटिस गोर्खा सेनामा कार्यरत रहँदा बुढामगरले दुवै खुट्टा गुमाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.