|

विराटनगर : कोशी प्रदेशसभामा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले नामकरणपछि उत्पन्न समस्याको समाधान प्रदेश सरकारले गर्नुपर्नेमा जोड दिएका छन्।

आइतबार प्रदेशसभा बैठकमा उनले संघीय सरकारलाई देखाएर कोशी सरकार उम्कन नमिल्ने बताएका हुन्। उनले सरकारले वार्ताका लागि चासो नदेखाएको आरोपसमेत लगाए।

यता, नेकपा एमालेले नामकरणपछि देखिएको समस्याको समाधान भने संघीय सरकारले गर्नुपर्ने बताएको छ। अहिले ढुंगा हान्ने साथीहरु हुन् वा ढुंगा छेकिरहेका सुरक्षाकर्मी साथीहरु हुन् सबैको अभिभावक सरकार रहेको बताउँदै  उनले संघीय सरकारतिर फर्काएर धर नपाउने बताए। 

उनले भने, ‘हामीले सिर्जना गरेको समस्या हो। यसको समाधान पनि हामीले समाधान दिनुपर्छ।’

सरकारले वार्ताका लागि चासो नदेखाएको भन्दै आङ्बोले सरकारलाई वार्ताको वातावरण बनाउन आग्रह गरे। उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई वार्ताबाट समस्या समाधानका लागि नेतृत्व लिन आग्रह गरे।

उनले भने, ‘हामी सबै जिम्मेवार बनौं, सबैसँग छलफल गरेर समस्या सामधान गर्ने तदारुकता सरकारबाट होस्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.