|

सिन्धुली : जिल्लामा सर्पले डस्दा दुई बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार दूधौली नगरपालिका– १ कुर्थौलीका १३ वर्षीय ग्रिस पहाडी र उनका भाइ तीन वर्षीय ग्रिस्म पहाडीको मृत्यु भएको हो।

ओछ्यानमा सुतिरहेका बालकलाई आज बिहान ३ बजे सर्पले डसेको थियो। उनीहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र सिर्थौली लगिएको र थप उपचारका लागि जानकी हेल्थ केयर जनकपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ।

सर्पले ग्रिसलाई बाँया हातको औँलामा र ग्रिस्मको बाँया खुट्टामा डसेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.