|

काठमाडौं : पाँच जिल्लामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ।

सिरहा, कल्याणपुर नगरपालिका-१० प्रचिलवास्थित सडकमा प्रदेश २-०१-००१ त १३२५ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरको चक्काले किच्दा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने बिश्वासी शर्माकी छोरी ८ वर्षीया रागनी कुमारी शर्माको बुधबार राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घम्भीर घाइते भएकी उनको फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

कैलाली, गोदावरी नगरपालिका-२ तेधरीमा हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने ५५ वर्षीया ईशारा देवी धामीको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्करमा संलग्न हाल फरार मोटरसाइकल र चालकको प्रहरीले खोजी गरिरहेको छ।

भोजपुर, हतुवागढी गाउँपालिका-१ जोगीखेतस्थित सडकमा को.१ त ९०४२ नम्बरको ट्याक्टर बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर चालक सोही गाउँपालिका-६ होम्ताङ बस्ने २२ वर्षीय बलराम विकको घटनास्थलमै मृत्यु भएको छ।

मोरङ, जहदा गाउँपालिका-३ ब्राहमाटोलमा को.३ प ३६ नम्बरको मोटरसाइकलबाट लडेर मोटरसाइकलमा सवार धनपालथान गाउँपालिका-२ बस्ने ४५ वर्षीया राजो देवी साहको बुधबार बिहान मृत्यु भएको छ। मोटरसाइकलबाट लडेर गम्भीर घाइते भएकी उनको नोबेल अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

महोत्तरी, बर्दिबास नगरपालिका-३ गौरीडाँडास्थित सडकमा रोकी राखेको प्रदेश २-०३-००१ क ००७२ नम्बरको टिपरमा प्रदेश २-०३-००६ प ६५५१ नम्बरको मोटरसाइकल ठक्कर खाई बुधबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ बस्ने ४१ वर्षीय सुरज चालिसेको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिबासमा उपचारको क्रममा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.