|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले भारतीय समकक्षीसँग सीमाको विषय पहिलोपटक राखिएको दाबी गरेका छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीमासम्बन्धी समस्या राखेको पहिलोपटक भएको दाबी गरेका हुन्। 

‘मैले प्रष्टसँग यी समस्यालाई हामीले समाधान गर्नैपर्छ। जबसम्म सीमासम्बनधी समस्याको दीर्घकालीन समस्या समाधान गरिँदैन नेपाल भारत सम्बन्ध सहज हुन सक्दैन भनेर मैले भारतीय प्रधानमन्त्रीसँग मैले प्रष्टसँग राखेँ। यति प्रष्टसँग सीमानाको समस्या हल गर्नुपर्छ भनेर खुलस्त राखिएको यो पहिलोपटक नै हो। भारतीय प्रधानमन्त्रीले सीमा समस्या हल गरिन्छ र नेपाल भारत सम्बन्ध हिमालको उचाइमा पुर्‍यान्छ भनेर बोलेको पनि पहिलोपटक हो,’ उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.