|

ललितपुर : ​बृहत् लुम्बिनी क्षेत्रमा ६५२ वटा सारस चरा गणना गरिएको छ। नेपाल जुलोजिकल सोसाइटी र त्रिभुवन विश्वविद्यालय प्राणीशास्त्र केन्द्रीय विभागको सहकार्यमा गरीएको सर्वेक्षणका क्रममा विश्वमै दुर्लभ श्रेणीमा रहेको ६५२ वटा सारस सो क्षेत्रमा फेला परेका हुन्।

सारसलाई नेपालका ९ वटा संरक्षित पंक्षीहरुको सूचीमा पनि राखिएको छ। डब्लु डब्लु एफ नेपाल र इन्टरनेशनल क्रेन फाउन्डेसनको आर्थिक सहयोगमा लुम्बिनी प्रदेशका कपिलवस्तु, रुपन्देही र परासीमा अध्ययन सर्वेक्षण गरिएको पन्छि अनुसन्धानकर्ता डा. हेम बहादुर कटुवालले जानकारी दिए।

२८ जनाको १४ वटा टोलीले गरेको सर्वेक्षणका क्रममा कपिलवस्तुमा २ सय , रूपन्देहीमा ३८२ र परासीमा ७० वटा सारस भेटिएको उनले बताए। गत अप्रिल र मे महिनाको बिचमा बृहत लुम्बिनी क्षेत्रमा ९३ वटा, ५–५ किलोमिटर ग्रिडहरुमा टोलीले बृहत् व्यवस्थित सर्वेक्षण गरेको थियो।

विशेषगरी कपिलवस्तुका जगदीशपुर कृत्रिम ताल र बझाहा ताल , रुपन्देहीका विष्णुपुरा, गैडाहवा ताल , खडैया इटा भट्टा, दुईमुहान, माझगाउँ, औरधौली पूर्व, बबई दुर्गा मन्दिर , आजमघाट तथा परासीको नन्दन तालमा गणना गरिएको थियो। 

साइटिसले अनुसूची २ र आईयुसीएनको रातो किताबमा संवेदनाशील सूचीमा राखिएको सारस सिमसार क्षेत्रमा बसोवास गर्छ। 

सारसको जम्माजम्मी सङ्ख्या पत्ता लगाउने , यसको  भौगोलिक वितरण र वासस्थानको संरक्षणका चुनौती पत्ता लगाउने तथा सारस र मानवबLचको सम्बन्ध र सारस संरक्षणका सम्बन्धमा स्थानिय बासिन्दाको धारणा बुझ्ने प्रयास अध्ययन टोलीले गरेको उनले बताए।

सोसाइटीका महासचिव हरिप्रसाद शर्माले अध्ययनबाट आएका निष्कर्षलाई दृष्टिगत गर्दै सारस संरक्षण र सारसबाट पर्यावरण र पर्यटनलाई प्रवर्धन गर्ननीतिगत तहमा छलफल गर्ने बाटो खुलेको बताए।

सिमसार र कृषिभुमिमा प्रत्यक्ष असर पर्दै जाँदा यही क्षेत्रलाई बासस्थानका रुपमा प्रयोग गर्ने सास चराको अस्तित्व संकटामा पर्दै गएको पनि डा कटुवाल बताउँछन्।  

‘अध्ययनको मुख्य उद्देश्य पूर्व प्रजनन (गर्मी याम)मा सारसको वितरण, जनसंख्याको निर्धारण, रुस्टिङ साइटको पहिचान, मानवनिर्मित खतरा र सारस क्रेनको उपस्थितिलाई असर गर्ने तत्त्वको अनुसन्धान गर्ने थियो’ , उनले भने, ‘क्षेत्रीय अवलोकन र ध्ययन अनुसन्धान मार्फत हामीले तराईको चितवनदेखि कञ्चनपुरसम्म फैलिएको १० जिल्लामा सारस क्रेनको उपस्थिति पुष्टि गर्‍यौँ । भविष्यवाणी गर्ने मोडेल प्रयोग गरेर, हामीले नेपालको कुल क्षेत्रफलको लगभग ४.५ (६,६५९ वर्ग किमी) सारस क्रेनको लागि उपयुक्त बासस्थान भएको अनुमान गरेका छौँ।’

उनका अनुसार ग्रेटर लुम्बिनी क्षेत्रमा आठ वटा प्रमुख रुस्टिङ साइट पनि पहिचान गरिएको छ। जसमा सिमसार क्षेत्रको सकारात्मक प्रभाव र यस क्षेत्रमा सारस क्रेन घट्नुमा सहरीकरणको नकारात्मक प्रभाव देखाएको , उनले थपे। सो क्षेत्रमा विद्युतीय पोलमा करेन्ट लागेर पछिल्लो समय ३६ सारस क्रेनको मृत्युको पनि सर्वेक्षणका क्रममा पायौँ’, उनले भने। 

अध्यययनका क्रममा कृषि परिदृश्यसँगै सिमसार जग्गाको अभाव र निर्माण प्रयोजनका लागि सिमसार जग्गा सुकाउनुलाई महत्त्वपूर्ण खतराका रुपमा पहिचान गरिएको प्राणीशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा.डा.कुमार सापकोटाले बताए। उनका अनुसार यही अध्ययन सर्वेक्षणका विषयलाई लिएर यसैसाता मात्र कार्यशाला गोष्ठी पनि सम्पन्न गरिएको छ। 

सारसको अवस्थाका बारेमा गरिएको सो अध्ययन र सर्वेक्षणको नतिजाले  केन्द्र, प्रान्तीय र स्थानीय सरकारी अधिकारी लगायत अन्तरदेशीय क्षेत्रलाई प्रजाति व्यवस्थापन र संरक्षण रणनीतिहरु सूचित गर्न महत्वपूर्ण आधारभूत तथ्याङ्क प्रदान गर्ने विश्वास जुलोजिकल सोसाइटीले गरेको छ। 

नेपाललगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने ठूलो चराका रुपमा रहेको छ।  यो प्रजातिको सारस ६ फिटसम्म अग्लो हुन्छ। यो उड्ने चरा मध्ये सबैभन्दा अग्लो चरा हो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.