|

काठमाडौं : नेपाल प्रज्ञा–प्रतिष्ठानले आफ्नो स्थापना दिवसको अवसरमा आयोजना गर्न लागेको राष्ट्रिय कविता महोत्सवका लागि ८९२ कविता प्राप्त भएको छ। 

प्रतिष्ठानले इमेलबाट ८४८ प्राप्त भएको बताएको छ। यस्तै ४४ वटा कविता दर्ता भएको छ। यसले राष्ट्रिय कविता महोत्सवको नयाँ स्वरूपप्रति कविहरूको आकर्षण बढेको देखिएको कुलपति भुपाल राईले बताए। 

यो पटकदेखि प्राप्त कवितामध्ये उत्कृष्ट १० को छनोट हुने राईले जानकारी दिए। यसरी छनोटमा परेका उत्कृष्ट १० कविताका  कविलाई जनही १५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्राप्त गर्नेछन्। यो पटकबाट समावेशी सहभागितमूलक सिद्धान्तका आधारमा राष्ट्रिय कविता महोत्सवका लागि कविता आह्वान गरेका कारण कविहरूको आकर्षण बढेको प्रतिष्ठानले जनाएको छ ।          

‘प्रज्ञा–प्रतिष्ठानको इतिहासमै पहिलोपटक राष्ट्रिय कविता महोत्सवको परम्परागत ढाँचालाई बदलेर समावेशी र सहभागितामूलक बनाएका छौँ । महोत्सवमा सबै नेपाली भाषा/मातृभाषाका कविताहरूलाई आह्वान गरिएकाले यसपटक विगतभन्दा बढी कविले भाग लिएका छन्’, कुलपति राईले भने। 

२०२२ सालदेखि प्रतिष्ठानले आफ्नो स्थापना दिवस (असार ९ गते) कविता महोत्सव गर्दै आएको  छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.