|

सर्लाही : जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई सहज बनाउन आफ्नै कर्मचारीबाट निःशुल्करूपमा उजुरी लेखिदिने भएको छ। बाहिर लेखापढी गर्ने व्यक्तिबाट सेवाग्राहीले ठाडो उजुरी लेखाउँदा ठगिएको गुनासो आएपछि कार्यालयकै कर्मचारीबाट निःशुल्करूपमा लेखिदिने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए।

उनका अनुसार आफ्नै कार्यालयका कर्मचारीबाटै बिनापैसा ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको हो। बाहिर लेखापढी गर्नेहरूसँग उजुरी लेखाउँदा  पाँच सयदेखि एक हजारसम्म लिने गरेको सेवाग्राहीबाट गुनासो आएपछि कार्यालयकै कर्माचारीबाट निःशुल्क ठाडो उजुरी लेखिदिने व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ घिमिरेको भनाइ थियो।

ठाडो उजुरीसँगै समावेशी प्रमाणित, अन्य सिफारिस पनि कर्मचारीले निःशुल्क लेखिदिन थालेका छन्। सेवाग्राहीलाई सहज ढंगले सेवा प्रवाहका लागि कार्यालयले विभिन्न प्रयास गर्दै आइरहेको हो।

कार्यालयमा शान्ति सुरक्षाको माग, लेनदेनको विवाद,साँध–सिमाना मिचिएको, गालीगलौजलगायत अन्य प्रकारका उजुरी गर्न आउने सेवाग्राहीले अब बाहिर लेखापढी व्यवसायीबाट पैसा तिरेर उजुरी लेखाइरहनु नपर्ने प्रमुख जिल्ला अधिकारी यादवले बताए। सेवाग्राहीको उजुरी लेखिदिन कार्यालयको प्रशासन शाखालाई जिम्मेवारी दिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.