|
फाइल तस्वीर

काठमाडौं : नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले बूढीगण्डकी जलविद्युत् आयोजनाको शिलान्यास चाँडो गर्न आग्रह गरेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा ऊर्जा मन्त्रालयलगायतका विनियोजित शीर्षकमाथिको छलफलमा सांसद पाण्डेले भारत र बङ्गलादेशलाई विद्युत् बेच्न र भारतसँग समग्र व्यापार घाटा घटाउन यस्ता ठूला आयोजनाका कामलाई गति दिनुपर्नेमा जोड दिए। 

२ खर्ब ६० अर्ब रुपैयाँ लागतको सो आयोजना धादिङ र गोरखाको सिमानामा छ। कूल १ हजार २ सय मेगावाट क्षमताको उत्पादन हुने सो आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सकिएको छ। 

बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पाण्डेले मुलुक विद्युत् उत्पादनको महत्वपूर्ण चरणमा पुगेको अवस्थामा उत्पादन, वितरण र बिक्रीको समग्र योजना बनाउन पनि माग गरे। 

उनले ठूला सिँचाइ आयोजना सफल हुन समय लागेकाले साना सिँचाइ आयोजनालाई पनि महत्व दिन र मधेशमा नदी कटानलाई व्यवस्थित गर्न पनि आग्रह गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.